मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अब धुलिखेल पुग्नेछ रविन्द्रको डुङ्गा चिया घर

pahilopost.com · Fri Jun 09 00:38:57 GMT 2023

काठमाडौं : नक्सालमा रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा केहीदिन यता भिड बढेको छ। विभिन्न कलाकारले बनाएर कलाकृति हेर्न हरेकदिन सयौंको संख्यामा दर्शक पुगिरहेका छन्। परिसरकै एक कुनामा भने युवायुवतीहरु डुङ्गामा चिया पिउँदै गरेका देखिन्छन्। कोही भने सोही डुङ्गामा किताब पढिरहेका भेटिन्छन्। गफगाफको केन्द्र बनेको छ डुङ्गा चिया घर।

कलाकार रविन्द्र श्रेष्ठले डुङ्गालाई प्रतिस्थापन कला (इन्स्टलेसन आर्ट) को रुपमा प्रयोग गरेर यहाँ राखेका हुन्। डुङ्गाको माध्यमबाट साहित्य,कला र संगीतलाई एकै ठाउँमा समिश्रण गर्न खोजेका छन् श्रेष्ठले।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)