वाणगंगा नदीमा बेपत्ता २ बालकको प्रहरीको गोताखोर टोलीले खोजी गर्दै
annapurnapost.com · Mon Aug 10 10:15:22 GMT 2026

कपिलवस्तु : कपिलवस्तुको यशोधरा गाउँपालिका–८ शिवखोरस्थित वाणगंगा नदीमा पौडी खेल्ने क्रममा बेपत्ता दुई बालकको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी सुरु गरेको छ। शनिबार दिउँसो गाईवस्तु चराउन गएका स्थानीय १४ वर्षीय सर्फराज मुसलमान र १४ वर्षीय उबेद मुसलमान आइतबार साँझ नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
बेपत्ता बालकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम प्राप्त टोली, नेपाल प्रहरी तथा स्थानीयवासीको समन्वयमा शनिबार र अइतबार खोजी गरिए पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेको यशोधरा गाउँपालिकाका स्थानीय अनुप कुमार पाण्डेयले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)