तीन शीर्ष नेतासँग अमेरिकी उपविदेशमन्त्री लूको टेलिफोन संवाद : एमसीसी चाँडो पास गर्न दबाब
nepalpress.com · Thu Feb 10 16:38:25 GMT 2022
काठमाडौं । अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को संसदीय अनुमोदनलाई लिएर रस्साकस्सी भैरहेको बेला अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लूले विहिबार नेपालका तीन प्रमुख दलका शीर्ष नेताहरुसँग टेलिफोन संवाद गरेका छन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको टेलिफोन संवादमा कूटनीतिज्ञ लूले फेव्रुअरी २८ भित्र एमसीसी पारित गर्न आग्रह गरेको सम्बन्धित दलले जनाएका छन् । विहिबार बिहान लूले देउवा, दाहाल र ओलीसँग बेग्लाबेग्लै फोन गरेर एमसीसीलाई लिएर भैरहेको पछिल्लो प्रगतिबारे बुझेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
