प्रेरक प्रसंग : क्रमवेल र चित्रकारको संवाद
nayapatrikadaily.com · Mon Feb 26 00:20:00 GMT 2024
बेलायती सैनिक तथा राजनीतिज्ञ ओलिभर क्रमवेल आफ्नो वीरताका लागि विख्यात थिए । उनको वीरताबाट प्रभावित भएर एक चित्रकार उनीसामु आए र उनको एउटा चित्र बनाउने अवसर पाऊँ भनी अनुरोध गरे । उनले भने, ‘म तपाईंको वीरताको सम्मानमा एउटा चित्र बनाउन चाहन्छु । के त्यसका लागि तपाईं मलाई अनुमति दिनुहुन्छ ?’ चित्रकारको अनुरोध सुनेपछि क्रमवेलले उनलाई आफ्नो चित्र बनाउने स्वीकृति दिए ।
चित्रकार धेरै खुसी भए । तर, चित्र बनाउँदै गर्दा एउटा समस्या देखियो । क्रमवेल जति साहसी, वीर र लडाकु थिए, उति नै कुरूप पनि थिए । उनको अनुहारमा एउटा ठूलै आकारको दानाजस्तो मांसपिण्ड थियो, जसका कारण उनी निकै कुरूपजस्ता देखिन्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)