क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार केसीको निधन
ratopati.com · Mon Aug 10 10:43:03 GMT 2026

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य दिपकबहादुर केसी ‘मानसिंह’को निधन भएको छ । पार्टीका अनुसार केसीको साउन २४ गते साँझ ८ बजे प्युठान नगरपालिका–१० स्थित आफ्नै निवास मरन्ठानामा निधन भएको हो ।
पार्टीले केसीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ । विसं. १९९८ साउन १८ गते प्युठानमा जन्मिएका केसीले २०२३ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । उनी २०२४ देखि २०३६ सालसम्म भूमिगत रहेर पार्टी सङ्गठन निर्माणमा सक्रिय थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)