कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य विजयी, महामन्त्रीमा प्रदीप पौडेल र उदय राणा
hamrakura.com · Mon Oct 12 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भएका छन् । त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर राणा निर्वाचित भएका छन् ।
उपसभापतिको खुलातर्फ दुई जना विजयी भएका हुन् । भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत प्राप्त गर्दै विजयी भए । दोस्रो स्थानका आचार्यले २ हजार ३४२ मत प्राप्त गरी विजयी भए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)