स्थायी निक्षेप सुविधा पुनरवलोकन हुने
gorkhapatraonline.com · Sat May 16 00:58:24 GMT 2026

बैङ्किङ प्रणालीमा देखिएको अधिक तरलता र ब्याजदर स्थिरताको चुनौतीलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैङ्कले ‘स्थायी निक्षेप सुविधा’ पुनरवलोकन गर्ने भएको छ ।
शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैङ्कले ब्याजदर कोरिडोरलाई थप प्रभावकारी र व्यवस्थित बनाउन ‘स्थायी निक्षेप सुविधा’ को विद्यमान व्यवस्थामा पुनरवलोकन गर्ने घोषणा गरेको हो । राष्ट्र बैङ्कले ब्याजदर कोरिडोरको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन यो कदम चालेको हो । राष्ट्र बैङ्कले अब एकीकृत निर्देशनको संशोधनमार्फत आवश्यक पुनरवलोकन गर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)