भोलि बेलुकासम्म नै लगातार झरी पर्ने ,आइतवारदेखि लगातार झरी पर्ने क्रम केही घट्ने
emountaintv.com · Fri Sep 27 02:57:17 UTC 2024

२०८१,०६,११
आज लगातार झरी पर्ने मौसमविदले बताएका छन् । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि केही ठाउँमा भने ठूलो पानी परेको छ । भोलि बेलुकासम्म नै लगातार पानी पर्ने सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिए ।नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर वर्षा भइरहेको छ । त्यसको प्रभावले आइतबारसम्म सिमसिमदेखि भिषण वर्षासम्म हुनसक्ने प्रक्षेपण गरिएको छ ।आइतवार दिउँसो या बेलुकीदेखि मौसममा क्रमिक सुधार हुने मौसमविद झाले जानकारी दिएका छन
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)