सांसद कार्कीको प्रश्न : फरक–फरक कानुनी हैसियत भएका संस्थाको मर्जर कसरी हुनसक्छ ?
baahrakhari.com · Mon Aug 10 10:57:02 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले फरक–फरक उद्देश्य र कानुनी हैसियतसहितको संरचना भएका निकायलाई गाभेको भन्दै सरकारको निर्णयमा गम्भीर प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद कार्कीले मन्त्रिपरिषद्को निर्णयबाट मर्ज गरिएको दुईवटा संस्थाको मर्जर गलत भएको टिप्पणी गरे ।
“नेपाल इन्टरमोडल यातायात विकास समिति र नेपाल ट्रान्जिट एन्ड वेयरहाउस कम्पनी लिमिटेडको कार्यक्षेत्र र प्रकृति पूर्णतः भिन्न रहेको छ । ‘नेपाल इन्टरमोडल यातायात विकास समिति’ एक वैधानिक र विशिष्टीकृत संस्था हो, जुन विश्व बैंकको प्राविधिक अध्ययनका आधारमा नेपालको इन्टरमोडल यातायात प्रणाली विकास गर्न स्थापना गरिएको हो । अर्कोतर्फ, ‘नेपाल ट्रान्जिट एन्ड वेयरहाउस कम्पनी’ सरकारको पूर्ण स्वामित्वमा रहेको एक व्यावसायिक कम्पनी हो,” कार्कीले भने, “यी दुई संस्थाको उद्देश्य र कानुनी हैसियत नै फरक छ, यिनलाई एकै ठाउँमा गाभ्नु तर्कसंगत छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)