मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जिबुटी तटमा डुङ्गा डुब्दा १५ बालबालिकासहित १३९ आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता

ratopati.com · Mon Oct 12 00:26:11 GMT 2026

जिबुटी । जिबुटीको तट नजिकै आप्रवासी बोकेको डुङ्गा डुब्दा १५ बालबालिकासहित कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस अझै बेपत्ता रहेको संयुक्त राष्ट्रसङ्घको आप्रवासी निकाय ले जनाएको छ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार जिबुटीबाट ३०५ जना यात्रु बोकेर यमनतर्फ जाँदै गरेको उक्त डुङ्गाबिहीबार राति ओबोक बन्दरगाह नजिकै पल्टिएको थियो। दुर्घटनास्थलबाट करिब ८२ जनाको जीवितै उद्धार गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)