मनोहरा जग्गा आयोजनाको बाँकी काम पूरा गर्न माग
ratopati.com · Mon Aug 10 11:01:14 GMT 2026

काठमाडौँ । मनोहरा जग्गा एकीकरण आयोजना सुरु भएको २३ वर्षसम्म पूरा नभएकामा सांसदहरुले चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सुनिल केसीले मनोहरा जग्गा आयोजनाको काममा किन ढिलाइ भयो भन्ने प्रश्न गर्दै छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।
सांसद सुम्निमा उदासले धार्मिक सहिष्णुता कायम सबै पक्ष सचेत बन्नुपर्ने बताए । सांसद सुरेशकुमार चौधरीले कोहलपुर नगरपालिका क्षेत्रमा २०८३ वैशाख २६ गते सार्वजनिक जग्गामा बसोवास गरेका ७५१ घरपरिवारलाई सही व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)