४ हजार सहकारी बचतकर्ताको रकम फिर्ता, ७६ हजार जनालाई ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व
clickmandu.com · Mon Aug 10 11:09:09 GMT 2026

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ । समितिका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार समिति गठन भइसकेपछि पूर्ण र आंशिक तथा बचत मिलानमार्फत हालसम्म उक्त सङ्ख्याका बचतकर्ताको समस्या समाधान गरिएको हो ।
‘हामीसँग ७६ हजार बचतकर्तालाई करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व छ । त्यसका लागि सम्बन्धित सहकारीको सम्पत्ति यकिन गर्ने तथा उपलब्ध स्रोतको परिचालन गर्ने काम भइरहेको छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)