कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
kendrabindu.com · Mon Oct 12 00:35:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् । उपसभापतिको दुई खुला पदमा भण्डारी र आचार्य तथा एक समावेशी पदमा चौधरी निर्वाचित भएका हुन् । महामन्त्रीको दुई खुला पदमा पौडेल र राणा तथा एक महिला पदमा संग्रौला निर्वाचित भएका हुन् ।
अन्तिम मतपरिणामअनुसार उपसभापतिमा निर्वाचित भण्डारीले ३ हजार ७ सय ३५, आचार्यले २ हजार ३ सय ४२ र चौधरीले १ हजार ७ सय ४५ मत प्राप्त गरे । महामन्त्रीमा निर्वाचित पौडेलले ४ हजार १ सय ९४, राणाले २ हजार ३ सय ३० र संग्रौलाले ३ हजार १ सय १८ मत पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)