बडादशैंको दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै
kharibot.com · Mon Oct 12 00:40:00 GMT 2026

काठमाडौं । नेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ । ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)