कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा कर्णाली र सुदूरपश्चिमका प्रदेश सभापति अनुपस्थित
ratopati.com · Mon Aug 10 11:13:18 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा कर्णाली र सुदूरपश्चिम प्रदेशका सभापतिहरू अनुपस्थित भएका छन् । आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा आमन्त्रित सदस्यका रूपमा बोलाइएका सात प्रदेश सभापतिमध्ये दुई जना सहभागी नभएका नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
बैठकमा कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर बैठकमा उपस्थित नभएका हुन् । कोशीका उद्धव थापा, मधेसका कृष्ण यादव, बागमतीका इन्द्र बानियाँ, गण्डकीका शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुन भने बैठकमा सहभागी छन् । यादव र बानियाँ भने मुख्यमन्त्री पनि छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)