मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दबाबमा बेलायती प्रधानमन्त्री स्टार्मर

barnanmedia.com · Mon May 11 21:35:00 GMT 2026

स्थानीय चुनावमा लेबर पार्टीले भोगेको ठूलो धक्कापछि बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि पार्टीभित्रै दबाब बढिरहेका बेला उहाँले आफूलाई गलत साबित गर्न खोज्नेहरूलाई जवाफ दिने र बेलायतलाई फेरि युरोपसँग नजिक ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । घट्दो लोकप्रियता, आन्तरिक असन्तुष्टि र नेतृत्वमाथि उठेका प्रश्नबीच स्टार्मरले आफ्नो सरकार देशमा ‘आशा पुनःस्थापना’ गर्ने दिशामा केन्द्रित रहने बताउनुभयो ।

लन्डनमा सोमबार आयोजित एक भाषणमा स्टार्मरले आफ्नै पार्टीभित्र र मतदातामाझ आफूलाई लिएर शङ्का गर्नेहरू रहेको स्वीकार गर्दै ती सबैलाई गलत सावित गर्ने दाबी गर्नुभयो । उहाँले देश लामो समयदेखि यथास्थितिबाट थाकिसकेको उल्लेख गर्दै सरकार जनताको पक्षमा उभिएको अनुभूति दिलाउन चाहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)