विपत् प्रभावित भवन : प्रयोगअघि प्राविधिक परीक्षण अनिवार्य
gorkhapatraonline.com · Mon Oct 12 00:53:01 GMT 2026

भूकम्प, आगलागी, बाढीपहिरो, विस्फोटलगायतका विपत्पछि भवन प्रयोग गर्नुअघि अनिवार्य रूपमा प्राविधिक परीक्षणको व्यवस्थासहित सरकारले मौजुदा कानुन संशोधन प्रक्रिया अगाडि बढाएको छ । भवन ऐन, २०५५ को संशोधनमार्फत सरकारले उक्त नयाँ व्यवस्था प्रस्ताव गरेको हो । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले विधेयक प्रतिनिधि सभामा दर्ता गर्नुभएको छ । डिजिटल अभिलेख, भवनको वर्गीकरण, निर्माणमा आर्थिक छुट तथा प्राविधिक सहयोगको व्यवस्था विधेयकले प्रस्ताव गरेको छ । संसद् अधिवेशन अन्त्य भएकाले विधेयकको थप प्रक्रिया भने तत्काल अगाडि बढ्ने छैन ।
विपत्पछि अधिकारप्राप्त निकायले भवन प्रयोगको प्राविधिक परीक्षण नगरेसम्म पुनः प्रयोग गर्न नपाइने व्यवस्था प्रस्तावित छ । परीक्षणपछि प्रयोग योग्य, अयोग्य वा सीमित प्रयोगका लागि योग्यलगायतको प्रतिवेदन अधिकारप्राप्त निकायले दिन सक्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)