नवरात्रको दोस्रो दिन आज : विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा गरिँदै
himalpress.com · Mon Oct 12 00:52:18 GMT 2026

काठमाडौँ- बडादसैँअन्तर्गत आज नवदुर्गा भवानीको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ। शास्त्रमा ‘ब्रह्म’को अर्थ तपस्या मानिएकाले ब्रह्मचारिणीलाई तप, त्याग, संयम र ब्रह्मचर्यकी प्रतीकका रूपमा लिइन्छ।