अफ्रिका कप अफ नेसन्स : नाइजेरिया र एंगोला क्वार्टरफाइनलमा
ekantipur.com · Sun Jan 28 00:54:54 GMT 2024
काठमाडौँ — एडेमोला लुकमनको दुई गोलमा नाइजेरियाले क्यामरुनलाई शनिबार २–० ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल यात्रा तय गरेको छ । एटलान्टाका फरवार्ड लुकमनले प्रत्येक हाफमा एक/एक गोल गरे ।
क्यामरुनका लागि यो नतिजा निराशाजक रह्यो । क्यामरुन पछिल्लो विश्वकपमा पनि लिग चरणबाटै बाहिरिएको थियो । अब नाइजेरियाले अन्तिम आठमा एंगोलाको सामना गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)