कांग्रेस उपसभापतिमा भण्डारी र आचार्य, उपसभापतिमा चौधरी विजयी
nagariknews.nagariknetwork.com · Mon Oct 12 00:52:51 GMT 2026

नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा डा चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी भएका छन्। यस्तै, समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन्।
उपसभापतिको खुला प्रतिस्पर्धामा डा भण्डारीले तीन हजार ७३५ मत र आचार्यले दुई हजार ३४२ मत प्राप्त गरेका छन्। उपसभापतिका उम्मेदवारमध्ये गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले ९२३ र प्रा डा चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)