गगनको परीक्षा, कांग्रेसको भविष्य
annapurnapost.com · Mon Oct 12 00:53:08 GMT 2026

आफ्नै माउ पार्टी नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रको नीति समातिरहँदा पनि सडकमा गणतन्त्रको नारा लगाउँदै उदाएका थिए, गगन थापा। त्यहीबापत उनी नेपाल विद्यार्थी संघको महामन्त्री छँदै पार्टी नेतृत्वको आँखी भए। तर पछि पार्टीले नै गणतन्त्रको नीति अंगीकार गर्यो । समयको पदचाप पछ्याउँदै पार्टी नीतिविपरीत पनि जान सक्ने र पछि पार्टीलाई नीति फेर्न बाध्य पार्नेसम्मको सामथ्र्य राखेको इतिहास छ थापासँग। तिनै गगन थापा आज मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको सभापित निर्वाचित भएका छन्।
बीपी कोइराला ३७ वर्षकै उमेरमा कांग्रेस सभापति भएका थिए। सुवर्णशमशेर जबरा र मातृकाप्रसाद कोइराला पनि ४० वर्ष नपुग्दै सभापति भएको पार्टीमा पछिल्ला दशक ६५ वर्ष नकटी कोही सभापति भएन, हुन सकेन। अर्थात् पुरानो पुस्ताले पदाधिकारीमा कब्जा राख्यो। पुस्तान्तरणको आवाज उठाउँदा उठाउँदै गगन आज ४९ वर्षे उमेरमा सभापति भएका छन्। उनको नेतृत्वलाई पुस्तान्तरण र युवा तथा नयाँका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)