सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि
hamrakura.com · Mon Oct 12 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मतगणना जारी रहेको छ । निर्वाचन समितिले दिएको पछिल्लो परिणामअनुसार सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि रहेका छन् ।
आइतबार साँझदेखि सहमहामन्त्रीहरू खुला, सहमहामन्त्री (महिला) र केन्द्रीय सदस्य (महिला) को गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)