बागलुङ–बेनी वैकल्पिक सडकको भसभसे पहिरो मुख्य चुनौती
hamrakura.com · Mon Oct 12 00:00:00 GMT 2026

म्याग्दी। बेनी नगरपालिका–२ स्थित भसभसेमा गएको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको प्रमुख चुनौती बनेको छ।
गएको असोज ८ देखि ११ गतेसम्म परेको लगातारको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण सवारी साधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम उच्च बनेको छ। पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्यपहाडी लोकमार्ग भएर बागलुङ, पूर्वी तथा पश्चिमी रुकुम र जाजरकोटबाट पोखरा–काठमाडौँ आउजाउ गर्ने सवारी साधनहरूले पनि हाल बागलुङ–बेनी सडकलाई नै वैकल्पिक मार्गका रूपमा प्रयोग गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)