प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
nepalnews.com · Mon Aug 10 11:30:02 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद विपिनकुमार आचार्यले संसदीय सुधार समिति बनाएर संसद्लाई बढी रचनात्मक बनाउन ध्यानाकर्षण गराए।
सांसद विष्णुमाया विकले मल नपाइने, ग्यास नपाइने अवस्था आएकाले सरकार समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिइन्। सांसद शाहजान खातुनले निजामती र अन्य कर्मचारीको जस्तै बालविकासका शिक्षक र विद्यालयका कर्मचारीको पनि तलब बढाउन माग गरिन्। सांसद शोभा खनालले संविधानको धारा ३३ मा रोजगारीको हकको व्यवस्था गरिएको बताउँदै नेपालमा रोजगारी नपाएर विदेशमा जानुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)