उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्री वाग्ले
nepalnews.com · Mon Aug 10 11:39:17 GMT 2026

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन्।
आज अर्थ मन्त्रालयमा २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफलका क्रममा उनले नेपालमा अझ ठूलो लगानी, उद्योग विस्तार, नयाँ उत्पादनमा प्रवेश र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्दै सरकार उनीहरुको साथमा रहेको स्पष्ट पारे। “उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुमानयोग्य छ र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्छ”, उनले भने, “त्यो विश्वास निर्माण नगरी ठूलो लगानी आउँदैन र उद्योग विस्तार हुँदैन। त्यो विश्वास निर्माण भयो भने मात्रै आर्थिक रूपान्तरण सम्भव हुन्छ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)