दाइजो प्रथाविरुद्ध मधेशबाट राष्ट्रिय अभियान सुरु गरिने
nepalsamaya.com · Mon Aug 10 11:35:38 GMT 2026

काठमाडौं। दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच आज मन्त्रालयमा विस्तृत छलफल भएको छ।
छलफलका क्रममा दाइजो प्रथाविरुद्धको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन आवश्यक राय, सुझाव तथा सहकार्यका विषयमा विचारविमर्श भएको थियो। मधेशबाट अभियानको सुरुआत गरी क्रमशः देशभर विस्तार गर्ने तथा अभियानलाई समुदायस्तरसम्म पु¥याउने विषयमा समेत छलफल गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)