दाइजो प्रथाविरुद्ध मधेशबाट राष्ट्रिय अभियान सुरु गरिने
nepalviews.com · Mon Aug 10 11:38:41 GMT 2026

काठमाडौं । दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच आज मन्त्रालयमा विस्तृत छलफल भएको छ ।
छलफलका क्रममा दाइजो प्रथाविरुद्धको राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन आवश्यक राय, सुझाव तथा सहकार्यका विषयमा विचारविमर्श भएको थियो । मधेशबाट अभियानको सुरुआत गरी क्रमशः देशभर विस्तार गर्ने तथा अभियानलाई समुदायस्तरसम्म पुर्याउने विषयमा समेत छलफल गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)