सप्तरीमा अवैध बालुवा उत्खनन, पाँच सवारीसाधन वन कार्यालयको नियन्त्रणमा
onlinekhabar.com · Mon Oct 12 00:57:31 GMT 2026

२६ असोज, सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गंगाजली खोलाबाट अवैध रूपमा बालुवा उत्खनन भइरहेको अवस्थामा वन कार्यालयले चार वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। त्यस्तै, फत्तेपुर–कञ्चनपुर सडकखण्डबाट बालुवा बोकेको एउटा टिपरसमेत नियन्त्रणमा लिइएको छ।