सरकारले ल्यायो ‘नागरिक बजेट’
gorkhapatraonline.com · Mon Oct 12 01:06:18 GMT 2026

प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको खर्च र आम्दानीको अनुमानित विवरण अर्थात् बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ । जस अनुसार वर्तमान संविधान कार्यान्वयन भएयता आव २०७३/७४ देखि सरकारले प्रत्येक वर्ष सोही दिन संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्दै आएको छ । चालु आव २०८३/८४ का लागि पनि सरकारले गत जेठ १५ गते सरकारको कार्यक्रम र आयव्यय विवरण समेटिएको बजेट सार्वजनिक गरेको छ ।
गत जेठमा बजेट सार्वजनिक गरेको सरकारले असोज २४ गते अर्को बजेट पनि सार्वजनिक गरेको छ, जसलाई अर्थ मन्त्रालयले ‘नागरिक बजेट’ नाम दिएको छ । ‘हाम्रो कर, हाम्रै बजेट, हाम्रै भविष्य’ नारा दिइएको उक्त बजेट कुनै नयाँ बजेट भने होइन । न त ‘नागरिक बजेट’ भनेर संसद्ले हालै कुनै दस्ताबेज नै पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)