मनोहरा जग्गा एकीकरण आयोजनाको बाँकी काम तत्काल पूरा गर्न सांसदहरूको माग
arthadabali.com · Mon Aug 10 11:37:53 GMT 2026

काठमाडौँ / मनोहरा जग्गा एकीकरण आयोजना सुरु भएको २३ वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको भन्दै प्रतिनिधिसभा बैठकमा सांसदहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले आयोजना ढिलाइ हुनुको कारण छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सुनिल केसीले मनोहरा जग्गा एकीकरण आयोजनाको काम लामो समयसम्म पनि पूरा हुन नसक्नुको कारण खोज्न माग गरे। उनले आयोजना कार्यान्वयनमा भएको ढिलाइबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)