एन्टिजेन किट कहाँ कति ?
ekantipur.com · Sun Aug 22 01:16:32 GMT 2021
काठमाडौँ — कोरोना भाइरस संक्रमणको द्रुत परीक्षण गर्न प्रयोग गरिने एन्टिजेन किट स्वास्थ्य मन्त्रालयले जिल्लाहरूमा पठाए पनि न्यून प्रयोग भएको पाइएको छ । केही जिल्लामा किट सदुपयोग भए पनि अधिकांशमा त्यत्तिकै थन्किएका छन् । स्थानीय तह र अन्य सरकारी निकायले कोरोना परीक्षणको दायरा नबढाउँदा एन्टिजेन किटको प्रयोग न्यून भएको हो ।
प्रदेश १ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा ९ हजार ३ सय ५३ एन्टिजेन किट मौज्दात छ । ती किटको म्याद सन् २०२३ मार्च ३१ सम्म रहेको स्टोरकिपर मानबहादुर मगरले जानकारी दिए । गत आर्थिक वर्षमा १ लाख ९९ हजार ४ सय ५० एन्टिजेन किट आएको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबारसम्म १ लाख ३१ हजार १ सय ३२ जनामा एन्टिजेन परीक्षण गर्दा ३७ हजार ७ सय १७ जनाको पोजिटिभ रिपोर्ट आएको छ । हालसम्म प्रदेशमा आएको कुल २ लाख ४९ हजार ४ सय ५० किटमध्ये आपूर्ति व्यवस्थापन केन्द्रले २ लाख ४० हजार ९७ वितरण गरेको छ । स्थानीय तहलगायत स्वास्थ्य संस्थामा मात्रै १ लाख ८ हजार ९ सय ६५ किट मौज्दात छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)