मूल्य पारदर्शिता सप्ताह : देशभर अनुगमन तीव्र
gorkhapatraonline.com · Sat May 16 01:08:43 GMT 2026

सरकारले बजारमा हुने अनियमितता रोक्न र उपभोक्ता अधिकार सुनिश्चित गर्न देशका विभिन्न स्थानमा अनुगमन कार्यलाई तीव्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र यसमातहतका कार्यालयले जेठ १ गते काठमाडौँ, वीरगन्ज र विराटनगरका विभिन्न व्यापारिक फर्ममा अनुगमन गरी कारबाही गरेका छन् । सरकारको बजारमा सुशासन कायम गरी स्वस्थ प्रतिस्पर्धी बजार बनाउने गरी सञ्चालन गरेको ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत गएको वैशाख २८ गतेबाट विभागको नेतृत्वमा देशव्यापी बजार अनुगमनलाई तीव्र पारिएको हो ।
विभागले शुक्रबार काठमाडौँको टोखा र ललितपुरका विभिन्न ३५ वटा फर्ममा अनुगमन गरेकोमा टोखास्थित ट्रस्ट फुटवेयर प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रावधान उल्लङ्घन गरेको भन्दै दुई लाख पाँच हजार रुपियाँ जरिबाना गरेको जनाएको छ । यस्तै युनिक फुटवेयर एन्ड फेन्सी कलेक्सनलाई १५ हजार र लम्साल फुटवेयर एन्ड फेन्सी कलेक्सनलाई १० हजार रुपियाँ जरिबाना गरिएको विभागले जनाएको छ । कोहिनूर सुजलाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ भने आर एस लिकर, धौलाकोटी सुज सेन्टरलगायत अन्य ३१ फर्मलाई सुधारको निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)