परराष्ट्रका ऐतिहासिक दस्तावेज जोगाउन विशेष पहल, खोजीदेखि डिजिटलाइजेसनसम्म
kalakarmi.com · Mon Aug 10 11:55:16 GMT 2026

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज, कागजात, तथ्य तथा प्रमाणको संरक्षणलाई सरकारले गम्भीरताका साथ अघि बढाएको बताएका छन् ।
सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले विगतमा प्रशासनिक आवश्यकता, भवनको उपलब्धता तथा संरचनागत व्यवस्थापनलगायतका कारण परराष्ट्र मन्त्रालय विभिन्न भवनमा स्थानान्तरण हुँदै आएको भए पनि स्थानान्तरणका क्रममा रहेका ऐतिहासिक तथा कूटनीतिक महत्त्वका दस्तावेजको संरक्षणमा विशेष ध्यान दिइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)