जिबुटीको तटमा डुङ्गा पल्टिँदा १५ बालकालिकासहित १३९ आप्रवासीको मृत्यु
lokaantar.com

अफ्रिकी मुलुक जिबुटीको तट नजिकै आप्रवासीहरू सवार एउटा डुङ्गा पल्टिँदा १५ जना बालबालिकासहित कम्तीमा १३९ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार घटनामा अन्य दर्जनौँ मानिसहरू अझै बेपत्ता रहेका छन्।
३०५ जना आप्रवासीहरू बोकेर जिबुटीबाट युद्धग्रस्त मुलुक यमनतर्फ जाँदै गरेको डुङ्गा बिहीबार राति ओबोक बन्दरगाह सहर नजिकै दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनालगत्तै चलाइएको उद्धार कार्यका क्रममा करिब ८२ जनाको सकुशल उद्धार गरिएको आईओएमले जनाएको छ। प्रारम्भिक रूपमा १०९ जनाको मृत्यु भएको पुष्टि गरिए पनि थप ३० जनाको शव भेटिएपछि मृतकको सङ्ख्या १३९ पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)