कास्कीका ३ पालिकामा मङ्गलबार सार्वजनिक बिदा
ratopati.com · Mon Aug 10 12:10:59 GMT 2026

पोखरा । कास्कीका ३ वटा स्थानीय तहमा मङ्गलवार सार्वजनिक बिदा दिइएको छ । तमु जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेँका अवसरमा मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
गाउँपालिकासँगै मातहतका वडा कार्यालयहरू, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा बिदा दिइएको पालिकाहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)