मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हतुवागढीका सबै सामुदायिक विद्यालयमा घेराबारा

reportersnepal.com · Mon Oct 12 01:44:24 GMT 2026

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–४ खैराङका सबै सामुदायिक विद्यालयमा घेराबारा निर्माण गरिएको छ। विद्यालयको भौतिक सम्पत्तिको संरक्षणसँगै विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले वडा कार्यालयले घेराबारा कार्यक्रम सञ्चालन गरेको हो।

वडाभित्र रहेका पञ्चकन्या आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, चण्डेश्वरी आधारभूत विद्यालय र सिला सुत्केरी आधारभूत विद्यालयमा घेराबारा निर्माणको काम सम्पन्न भएको वडाले जनाएको छ। घेराबारासँगै आवश्यकताअनुसार केही विद्यालयका भौतिक संरचनाको मर्मत तथा सुधार पनि गरिएको छ

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)