पाकिस्तानमा शक्ति संघर्ष : इमरानको पार्टी नेतृत्वको सरकार निलम्बित
nagariknews.nagariknetwork.com · Mon Oct 12 01:37:39 GMT 2026

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) नेतृत्वको खैबर पख्तुनख्वा प्रान्तीय सरकार निलम्बन गर्दै आपतकाल लागू गरिएको छ।
राष्ट्रपति आसिफ अली जरदारीले आइतबार प्रधानमन्त्री शहबाज सरिफ नेतृत्वको संघीय सरकारको सिफारिसमा आपतकालसम्बन्धी निर्णय स्वीकृत गरेका हुन्। संघीय सरकारले प्रान्तमा बढ्दो आतंकवादी गतिविधि नियन्त्रण गर्न स्थानीय सरकारले प्रभावकारी काम नगरेको आरोप लगाएको छ। तर पीटीआईले यसलाई निर्वाचित सरकार हटाउने र इमरान खानको राजनीतिक प्रभाव कमजोर बनाउने प्रयास भन्दै विरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)