कांग्रेस महाधिवेशनः कार्यतालिका हेरफेर तर टुंगो छैन नयाँ मिति
rajdhanidaily.com · Wed Dec 24 23:09:32 GMT 2025

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन तोकिएकै मितिमा नहुने भएको छ । महाधिवेशन मिति सार्ने ’boutमा नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । क्रियाशील सदस्यताको विवादले महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएपछि महाधिवेशन सार्ने तयारी कांग्रेस नेताहरूले गरेका हुन् ।
बुधबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकमा महाधिवेशनको कार्यतालिका संशोधन गर्ने प्रस्ताव नै गरिएको छ । पुसको दोस्रो साताबाट वडा तहको अधिवेशन सुरु गर्दै १५औं महाधिवेशन २७ देखि २९ पुसमा गर्ने कार्यतालिका यसअघि केन्द्रीय समितिबाट पारित भएको थियो । तर, कार्यतालिका प्रभावित भएपछि महाधिवेशन १५ दिनपछि सार्ने तयारी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)