६ महिनापछि बल्ल खुल्यो लाइसेन्सको नयाँ आवेदन
lokaantar.com · Wed Oct 27 00:46:00 GMT 2021
कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द हुन पुगेको सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को परीक्षाका लागि नयाँ आवेदन खुला भएको छ । यातायात व्यवस्था विभागले झन्डै ६ महिनापछि अनलाइनमार्फत पुनः नयाँ आवेदन खुला गरेको हो ।
कोभिड–१९ को दोस्रो चरणको महामारी फैलिएसँगै गत १६ वैशाखदेखि लाइसेन्सको नयाँ अनलाइन आवेदन बन्द भएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले सोमबारदेखि नयाँ आवदेन खुला गरिएको जानकारी दिएका छन् । ‘नयाँ आवेदन वेबसाइटमा गएर पहिलाको जसरी नै भर्न सकिन्छ,’ प्रवक्ता भुसालले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)