कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि
khabarhub.com · Mon Oct 12 02:03:19 GMT 2026

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन्।
हालसम्म गणना भएको १ हजार ६८९ मतमा खतिवडाले ७६८ मत प्राप्त गरेर सबैभन्दा अगाडि रहेका छन् । यस्तै, अर्का उम्मेदवार अजयबाबु सिवाकोटीे ५४८ मतसहित दोस्रो स्थानमा रहेका छन् । सहमहामन्त्री पदमा खुला तर्फ दुई जना निर्वाचित हुने व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)