मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपसभापति निर्वाचित भएपछि चन्द्र भण्डारीको प्रतिक्रिया : ‘विश्वासको शीर कहिल्यै झुक्ने छैन’

bishowkhabar.com · Mon Oct 12 02:18:22 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् ।

उनले महाधिवेशन प्रतिनिधिहरू तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आफूहरूमाथि गरिएको विश्वासको शीर कहिल्यै झुक्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शीर कहिल्यै झुक्ने छैन,’ उनले भनेका छन्, ‘सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु ।’

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)