दाङ उद्योग वाणिज्य संघमा एमाले-नेकपा–राप्रपा गठबन्धन सफल
kendrabindu.com · Mon Oct 12 02:24:21 GMT 2026

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनबाट ध्रुवकुमार गहतराज अध्यक्ष पदमा विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नरेशकुमार श्रेष्ठलाई पछि पार्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।
अध्यक्षमा गहतराजले ११५५ मत ल्याउँदा नरेशले ११०५ मत ल्याएका थिए । एमालेबाट कारबाही परेर स्वतन्त्र उम्मेदार दिएर रास्वपाकोसमेत साथ पाएका अनिल आचार्यले २४४ मत ल्याएका थिए । अनिल पार्टीको निर्णय नमानेको भन्दै एमालेले साधारण सदस्यबाट हटाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)