जेनजीले पहिला प्रधानन्यायाधीशको राजीनामा माग्ने की मुख्य रजिस्ट्रारको ?
barnanmedia.com · Sun Oct 05 22:08:34 GMT 2025

जेनजी आन्दोलनका अगुवा तथा प्रतिनिधिहरुले प्रधानमन्त्री निवास बालुवाटारमा गएर शनिबार आफ्ना ८ बुँदे माग राखे ।
त्यसमा मुख्य माग थियो- सुशासनका लागि तत्काल प्रधानन्यायाधीशसहित विभिन्न दलका कोटा र नातावाद (नेपो बेबी) का आधारमा नियुक्त न्यायाधीशहरूलाई हटाउनुपर्ने । उनीहरुले नेता र नाताका आडमा नियुक्त न्यायाधीशहरुलाई नहटाए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्। जेनजी आन्दोलनका अगुवा, सहिद परिवार तथा घाइते युवा गरी पाँचवटा समूह शनिबार बालुवाटार पुगेका थिए। उनीहरूका कुरा सुन्न प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, अर्थमन्त्री रामेश्वर खनाल, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र सञ्चारमन्त्री जगदीश खरेलसमेतलाई बोलाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)