प्रतिनिधिसभाः मनोहरा जग्गा आयोजनाको बाँकी काम पूरा गर्न माग
nepalnews.com · Mon Aug 10 13:01:36 GMT 2026

काठमाडौँ। मनोहरा जग्गा एकीकरण आयोजना सुरु भएको २३ वर्षसम्म पूरा नभएकामा सांसदहरुले चिन्ता व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सुनिल केसीले मनोहरा जग्गा आयोजनाको काममा किन ढिलाइ भयो भन्ने प्रश्न गर्दै छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे। सांसद सुम्निमा उदासले धार्मिक सहिष्णुता कायम सबै पक्ष सचेत बन्नुपर्ने बताइन्। सांसद सुरेशकुमार चौधरीले कोहलपुर नगरपालिका क्षेत्रमा २०८३ वैशाख २६ गते सार्वजनिक जग्गामा बसोवास गरेका ७५१ घरपरिवारलाई सही व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)