एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
aarthiknews.com

काठमाडौं । एनएमबि बैंकले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दुध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । मनाङ जिल्लामा निर्माण भईरहेको दुध खोला जलविद्युत आयोजना, दुध खोला हाइड्रो पावर कम्पनीद्घारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।
दुध खोला हाइड्रो पावर कम्पनीको प्रमुख लगानीकर्ता भने माउण्टेन इनर्जी नेपाल तथा सीताराम तिमिल्सिनाको समूह रहेको छ । यस आयोजनामा एनएमबि बैंक अगुवा बैंकको रुपमा रहेको छ भने सानिमा बैंक लिमिटेड सह-अगुवा बैंकको रुपमा रहेको छ । ६५ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ९० करोड रहेको छ जसमध्ये बैकहरुको ऋण लगानी ९ अर्ब ६७ करोड रहनेछ । एनएमबि बैंकले ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)