बालुवाटारमा बालेन-रविको साउती : छलफलमा धेरै एजेन्डा, सहमति शून्य
khabarhub.com · Mon Aug 10 13:13:49 GMT 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आइतबार राति बालुवाटार पुगे । प्रधानमन्त्री बालेनसँग रविले विभिन्न विषयमा छलफल गरेपनि सहमति भने जुट्न सकेन । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको काम सकिएपछि रवि र बालेनबीच भेटवार्ता भएको रविको सचिवालय बताउँछ ।
बालुवाटार स्रोतले दिएको जानकारी अनुसार दुई नेताहरूबीच पार्टीका पदाधिकारी सचिवालय र केन्द्रीय सदस्य टुंग्याउने विषय, अन्तर्राष्ट्रिय सम्बन्ध, राजदूत नियुक्ति, उच्च तहका कर्मचारी नियुक्ति र मन्त्रिपरिषद् सदस्यका विषयमा छलफल भएको थियो । तर, नियुक्ति र पदाधिकारीसहित सचिवालय टुङ्ग्याउने विषयमा सहमति जुटिसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)