कांग्रेसको उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित
arthasansar.com · Mon Oct 12 02:47:48 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सकिएको छ। अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भएका छन्। समावेशीतर्फको उपसभापतिमा बिनोदकुमार चौधरी विजयी भएका छन्।
महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणाले बाजी मारेका छन् भने महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)