नेपाली सेनाद्वारा डुबानमा फसेका सप्तकोशी नगरपालिकाका २० जनाको उद्धार
barnanmedia.com · Sun Oct 05 22:33:13 GMT 2025

नेपाली सेनाले सप्तरीको सप्तकोशी नगरपालिकामा डुबानमा फसेका २० जनाको उद्धार गरेको छ । नगरपालिका वडा नं ६ स्थित बोचही पोखरीया टोल आसपासका ४२ घरका परिवारको आइतबार उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
राजविराजस्थित बरख गणको सुरक्षा वेश सप्तरीबाट सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा खटिएको १४ जनाको टोलीले बाढीमा फसेका अशक्त, वृद्ध–वृद्धा, महिला र बालबालिकासहित २० जनालाई उद्धार गरिएको बरख गणका प्रमुख सेनानी सोवित बहादुर चन्दले बताए । उद्धार गरिएकालाई स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित पुर्याएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)