सरकारले उच्च सतर्कता भन्दाभन्दै गयो ५३ जनाको ज्यान
barnanmedia.com · Sun Oct 05 22:30:56 GMT 2025

जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेपछि सरकारले उच्च सतर्कता अपनाएको बताएको थियो। हुन् पनि काठमाडौंसँग जोडिएका मुख्य नाका शनिबारदेखि नै बन्द गरिए भने काठमाडौंका सुकुबासी वस्तीका मान्छेलाई विद्यालयमा सारियो। प्रहरी, सशस्त्र प्रहरी र सेना परिचालन गरिएको थियो। सरकारले काठमाडौंमा उच्च सतर्कता अपनाइएको बताएका बेला इलाममा निकै ठूलो घटना भयो। शनिबार मध्यरातिको भीषण वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्यो। सुतिरहेका मान्छे पहिरोमा परे।
इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुुसार पहिरोले इलाममा ३७ जनाको मृत्यु भएको छ। सूर्योदय नगरपालिकामा ५ जना, इलाम नगरपालिकामा ६ जना, सन्दकपुर गाउँपालिकामा ६ जना, माङसेबुङ गाउँपालिकामा ३ जना, देउमाई नगरपालिकामा ८ जना, माईजोगमाई गाउँपालिकामा ८ जना र फाकफोकथुम गाउँपालिकामा १ जना गरी ३७ जनाको मृत्यु भएको उनले बताइन् । १ जना बेपत्ता छन्। पहिरोमा परी २० जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)