अब एमालेमा पहिरो जाँदैछ, केपी ओलीलाई धुलो चटाउँछौं : जगन्नाथ खतिवडा (भिडिओसहित)
reportersnepal.com · Mon Mar 29 17:21:05 GMT 2021
काठमाडौं, १६ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले पार्टीभित्र अब पहिरो जाने सनसनीपूर्ण खुलासा गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाउने अभियानमा लागेको गम्भीर आरोप लगाएका छन् । वरिष्ठ नेता माधव कुमार नेपालनिकट नेता खतिवडाले प्रधानमन्त्री ओलीले देशैभरि समानान्तर कमिटी बनाउने काम गरेको भन्दै आलोचना गरे ।
यसअघि नेता नेपालले नभएर बहुमत केन्द्रीय कमिटी सदस्यहरुले ओलीलाई कारबाही गरेको उनको भनाई छ । तर, अहिले ओलीले गरेको निर्णय सबै अवैधानिक रहेको पनि उनले जिकिर गरे । उनले अहिले ओलीले बनाएको कमिटी अवैद्य रहेको पनि टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)